साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाललाई बंगलादेशले हान्यो तीन गोल
काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग ३–० ले पराजित भएको छ ।
आइतबार चाङ्लिमिथाङ रंगशालामा बंगलादेशलाई जित दिलाउन थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे ।
खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।
इन्जुरी समयमा चक्माले गोल गर्दै बंगलादेशलाई सहज जित दिलाइन् । जितसँगै तीन खेलमा ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।
पराजित नेपाल समान खेलबाट तीन अंकका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २–१ ले हराएको थियो ।
यसैगरी भुटानलाई ३–१ ले हराएको बंगलादेशले भारतसँग २–० को पराजय बेहोरेको थियो ।
आइतबारै सम्पन्न पहिलो खेलमा भारतले भुटानविरुद्ध ८–० को एकतर्फी जित दर्ता गर्यो ।