एसियन कप छनोट : नेपाल उत्तर कोरियासँग पराजित

काठमाडौं । एएफसी यू२० महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११० गोलको फराकिलो हारसँगै नेपाल छनोटबाट बाहिरिएको हो।

नेपाललाई पराजित गरेसँगै उत्तर कोरिया भने अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू२० एसियन कपमा छनोट भएको छ । थिम्पूमा भएको छनोटमा उत्तर कोरियाले नेपालविरूद्ध उत्कृष्ट देखायो । खेलको पूरै अवधि उत्तर कोरियाले नेपालको गोल पोस्टमा मात्र आक्रमण गरेको थियो ।

यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५० र घरेलु टोली भुटानलाई १०० गोलको जित निकालेको थियो । तेस्रो खेलमा नेपालविरूद्ध ११ गोल गरेसँगै उनले तीन खेलमा कुल ३६ गोल गर्न सफल भयो ।

आजको हारले नेपालको उत्कृष्ट दोस्रो टोली बन्ने सम्भावना पनि सकिएको छ । किनकी अरु समूहको दोस्रो स्थानमा रहेका तीन टोलीले यसअघि नै दुई दुई खेलमा जित निकालेका छन् । यसअघि नेपालले पहिलो खेलमा भुटानसँग ११ गोलको बराबरी खेल्दा साउदीविरूद्ध १० गोलको संघर्षपूर्ण जित निकालेको थियो । समूहका शीर्ष टोलीले र आठ समूहमा दोस्रो हुने उत्कृष्ट तीन टोली अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा पुग्ने प्रावधान छ ।