बालुवाटार छलफलमा सत्तासाझेदार पार्टी बिच भएको मन्त्रिपरिषद् हेरफेरको समझदारी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुसहित बालुटारमा गरेको छलफलमा संघीय मन्त्रिपरिषद् हेरफेरबारे कुनै चर्चा नै नभएको बताउनुभएको छ । 

बालुवाटाहार छलफलमा ओली र देउवाका अलवा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र रमेश बडाल सहभागी हुँनुभएको थियो। 

बैठककाबारे जानकारी दिदैँ सहभागी खड्काले मन्त्रिपरिषद् हेरफेर नभइ बरु मन्त्रीहरूको काम प्रभावकारी बनाउन सुझाव दिने निर्णय भएको जानकारी दिनुभयो।

‘संघीय सरकारलाई प्रभावकारी बनाउनका लागि माननीय मन्त्रीजीहरुलाई आआफ्नो मन्त्रालयको काम द्रुतगतिमा अगाडि बढाउनका लागि सुझाव दिने भन्ने भएको छ,’ उहाँले भन्नुभयो।

बैठकमा बागमती प्रदेशको पछिल्लो राजनीतिक विवादबारे छलफल भएको थियो। सत्ताको नेृतत्व गरेको नेपाली कांग्रेसका नेताविरुद्ध नै पार्टीको अर्को समूहले अविश्वास प्रस्ताव ल्याएर दलको नेता नै परिवर्तन भइसकेको छ।

यसबारे बैठकमा छलफल भएको र यो आफूहरुको आन्तरिक विषय भएकाले आफूहरुले नै टुंग्याउने जानकारी बैठकमा दिएको खड्काले बताउनुभयो।

विधेयकमा कांग्रेस–एमालेबीच विवाद नभएको दाबी

त्यस्तै बैठकमा संसद्‍मा विचाराधीन विभिन्न विधेयकबारे पनि छलफल भएको भन्दै खड्काले चाँडो परिमार्जन गरेर पेस गर्ने सहमति भएको बताउनुभयो।

‘संसद्‍मा रहेका विधेकहरू छलफलमा छन्,’ उहाँले भन्नुभयो, ‘ती विधेयकहरुलाई परिमार्जन गरेर चाँडो टुंग्याउने भन्ने भएको छ।’

भूमि, निजामती लगायतका विधेकमा एमाले र कांग्रेसबीच कुनै विवाद नभएको दाबी गर्दै खड्काले विधेयकमाथि परेका संशोधनलाई सम्भव भएसम्म सरकारले स्वीकार गरेर टुंग्याउने सहमति भएको समेत उल्लेख गर्नुभयो। 

‘कांग्रेस र एमालेको बीचमा केही पनि विवाद छैन। साथीहरुले संशोधन हाल्नु भएको छ। मन्त्रीजीले संशोधन अनुसरण गर्दै जानुभएको छ। खुला छलफल भएको छ। त्यहाँ कांग्रेस एकातिर, एमाले अर्कोतिर  भन्ने विषय नै होइन।’