आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक,असार १० गतेभित्र माग्यो सुझाव

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयारीमा लागेको छ । केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन सरोकारवालासँग सुझाव माग गरेको हो । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो ।

आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ । सोही अनुसार आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि सार्वजनिक रूपमा सुझाव माग गर्दै प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।