नेपाल प्रहरीका २८ जना एसएसपीहरुको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको भएको छ ।

जेठ १६ गते बसेको गृहमन्त्री स्तरिय निर्णाय अनुसार प्रहरी प्रधान कार्यालयले २८ जना एसएसपीको सरुवा गरेको जनाएको छ ।

सरुवा भएका एसएसपीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत अबिनारायण काफ्ले प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग वृत्ति विकास महाशाखामा रहेका अनुपशमशेर जबरा नेपाल प्रहरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासी सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा रहेका सन्तोष सिंह राठोर लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भएका छन् ।